६ कार्तिक २०८१, मंगलवार

बाम गठबन्धनद्वारा विभिन्न स्थानमा चुनावी कार्यक्रम



धनगढी । बाम गठबन्धनले कैलाली क्षेत्र नम्बर ५ का विभिन्न स्थानमा आइतबार चुनावी कार्यक्रम गरेका छन् ।
यस क्रममा विभिन्न स्थानमा मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम भएको थियो । सो अवसरमा प्रदेश सभा सदस्यका उम्मेदवार रमेश धामीले नगरको विकास आफ्नो प्राथमिकता रहेको बताए ।
उनले उपमहानगरका सबै ठाउँमा सडक, खानेपानी, विजुलीलगायत पूर्वाधारको विकासका लागि आफू प्रतिवद्ध रहेको बताए ।
उनले सुकुम्बासी, भूमिहिनलाई बसोबासको व्यवस्था गरिने र विपन्न वर्गको आर्थिक स्थितिमा सुधारका लागि आयमुलक कार्यक्रममार्फत विपन्न वर्गलाई रोजगारको ग्यारेण्टी गरिने बताए ।
त्यस्तै, बाम गठबन्धनले कैलाली क्षेत्र नम्बर ४ का अत्तरिया, स्याउले तथा गौरीगंगा नगरपालिकाको उदासीपुरलगायत क्षेत्रमा चुनावी सभा तथा घरदैलो कार्यक्रम गरेको छ । चुनावी कार्यक्रममा गठबन्धनबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार लेखराज भट्ट तथा प्रदेश सभा सदस्यका उम्मेदवारद्वय दीर्घ सोडारी, कृष्ण सुवेदी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार