१० श्रावण २०८१, बिहीबार

खानेपानी योजनाहरूको अनुगमन



धनगढी । जिल्ला खानेपानी तथा सरसफाई उपभोक्ता महांसंघ कैलालीले जिल्लाका विभिन्न खानेपानी योजनाको अनुगमन गरेको छ ।
अनुगमनका क्रममा धनगढी उपमहानगरपालिका वडा नम्बर ४ को शिवपुर खानेपानी, फुलवारी खानेपानी, बसौटी खानेपानी, हसुलिया खानेपानी तथा पहलमानपुर खानेपानी योजना र सरसफाई उपभोक्ता संस्थाको वारेमा स्थलगत अनुगमन गरिएको थियो ।
खानेपानी तथा सरसफाई उपभोकता महासंघको आयोजना गरिएको अनुगमन टोलीमा महासंघका पधाधिकारी, जिल्ला समन्वय समितिका प्रतिनिधि, सेवक नेपाल, बेस, सुआहराका प्रतिनिधि र पत्रकारहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार