६ कार्तिक २०८१, मंगलवार

जनसभा सफल भएको निष्कर्ष



धनगढी । बाम गठबन्धनले धनगढीमा शुक्रबार आयोजित कैलाली क्षेत्र नम्बर ५ स्तरीय जनसभा मतदातालाई सन्देश दिने गरेर सफल भएको ठहर गरेको छ ।
शनिवार एमाले जिल्ला कार्यालयमा बसेको गठबन्धनको संयुक्त बैठकले सभा सफल बनाउन सहयोग गर्ने आम जनसमूदायप्रति आभार प्रकट गरेको छ । सो बैठकले छोटो तयारीमा उत्साहजनक जनसहभागिता भएको निष्कर्ष समेत निकालेको छ ।
बैठकले सभा आयोजनामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सम्पूर्ण समितिलाई धन्यवाद पनि दिएको छ । ‘गठबन्धनका पक्षमा जनलहर प्रकट भएको छ यो लहरको संरक्षण गर्नु सक्नुपर्छ’ बैठकको छलफल सुनाउँदै एमालेको सात नम्बर प्रदेशका कार्यालय सचिव दिनेशचन्द्र सुवेदीले बताए ।
बैठकले सभाको सन्देश सकरात्मकरूपले जनताका माझ लैजाने र आफ्ना उम्मेदवार जिताउँन घरदैलो अभियान र मतदाता शिक्षामा जोड दिने निर्णय गरेको छ । बैठकमा एमालेका केन्द्रीय सदस्य महेश्वर पाठक, माओवादी केन्द्रका तिलक सिंह, निर्मल शाह लगायतको उपस्थिति रहेको थियो ।
क्षेत्र ५ निर्वाचन मूल परिचालन समितिका अध्यक्ष लक्ष्मण कुँवरको अध्यक्षतामा बैठक भएको थियो । गठबन्धनले क्षेत्र नम्वर ५ बाट प्रतिनिधिसभामा नारदमुनी राना प्रदेश १ मा नेपालु चौधरी र प्रदेश २ मा रमेश धामीलाई उम्मेदवार बनाएको छ ।
यस्तै, क्षेत्र नम्बर २ कैलालीले पनि जनसभा आफ्नो लक्ष्यमा पूर्णरूपमा सफल भएको जनाएको छ । क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा झपट रावल, प्रदेश १ मा रतन थापा र २ मा राजेन्द्र साउँद उम्मेदवार छन् । धनगढी र लम्कीका सभालाई एमालेका केन्द्रीय अध्यक्ष केपीशर्मा ओली, माओवादीका नेता रामबहादुर थापा बादल एमालेका उपाध्यक्ष भीम रावल, माओवादी नेता लेखराज भट्ट लगायतले सम्वोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार