१६ श्रावण २०७८, शनिबार

आँखा शिविर सम्पन्न



धनगढी । सेवा नेपालको सहयोग र नेपाल नेत्रज्योति संघ गेटा आँखा अस्पतालको आयोजनामा आँखा उपचार केन्द्र बुद्ध मन्दिर धनगढीमा शुक्रबार नि:शुल्क आँखा शिविर सम्पन्न भएको छ ।
शिविरमा चार सय ६५ जनको आँखा परिक्षण गरिएको थियो, जसमध्ये एक सय ५९ जना मोतीविन्दुका बिमारीहरूलाई नि:शुल्क अप्रेशनको लागि गेटा आँखा अस्पतालमा पठाइएको छ भने तीन जना ट्रकोमाका बिरामीको आज (आइतबार) बुद्धमन्दिरमा अप्रेशन हुनेछ । त्यस्तै शिविरमा तीन सय चार जनाको नि:शुल्क औषधि उपचार समेत गरिएको थियो ।
शिविरमा गेटा आँखा अस्पतालका वरिष्ठ नेत्र अधिकृत एवं कार्यक्रम व्यवस्थापक रमेशचन्द्र भट्टको नेतृत्वमा १२ जना प्राविधिकहरूको टोलीले आँखा परिक्षण गरिएको थियो । शिविरमा नेपाल नेत्रज्योति संघका केन्द्रीय उपाध्यक्ष चक्रबहादुर सिंह तथा जिल्ला शाखा कैलाली कार्यसमितिका पदाधिकारीहरू सहभागी रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्