६ कार्तिक २०८१, मंगलवार

प्रजातन्त्रवादी प्राध्यापक संघमा कुँवर



धनगढी । प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल, जिल्ला समन्वय समिति कैलालीको दोस्रो जिल्ला सम्मेलनबाट मीनबहादुर कुँवरको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।

मीनबहादुर कुँवर

समितिको उपाध्यक्षमा डिल्लीराज ओझा, महेशविक्रम थापा, छेमानन्द जोशी, विष्णुबहादुर महरा, टंकप्रसाद जोशी, सचिवमा दामोदर कडेल, सहसचिवमा ईन्द्रमणि अवस्थी, कोषाध्यक्षमा द्वारिकाप्रसाद भण्डारी चयन भएका छन् ।
यसअघि संघका केन्द्रीय उपाध्यक्ष जगनाथ जोशीले कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रम अध्यक्ष प्रेमराज भण्डारीको अध्यक्षतामा भएको थियो ।
दीपिका भट्टले स्वागत गरेको कार्यक्रममा केशवबहादुर कुँवरलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन रामबहादुर मौनीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार