३० आश्विन २०८१, बुधबार

कैलाली ४ नम्बरका उम्मेदवारको घोषणापत्र सार्वजनिक



धनगढी । कैलाली क्षेत्र नम्बर ४ का बाम गठबन्धनका उम्मेदवारहरूले आफ्नो छुट्टै घोषणापत्र जारी गरेका छन । सो क्षेत्रबाट प्रतिनिधिसभामा माओवादी केन्द्रका नेता लेखराज भट्ट, प्रदेश सभामा एमाले कैलालीका नेता दीर्घ सोडारी र एमालेकै कृष्णराज सुवेदी उम्मेदार छन् ।
बाम गठबन्धनको घोषणापत्रको बिहीबार माओवादी केन्द्रका नेता लेखराज भट्टले सार्बजनिक गरेका हुन । धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नेता भट्टले सो घोषणापत्र सार्वजनिक गर्दे घोषणापत्रमा समेटिएका सवालहरू आगामी पााच वर्षमा पुरा गर्ने बताए ।
घोषणापत्रमा सात नम्बर प्रदेशको आर्थिक राजधानी अत्तरियामा बनाउने उल्लेख छ । गठबन्धनको घोषणापत्रमा भौतिक पूर्वाधार तथा यातायात, सिंचाई खानेपानी, तटबन्ध तथा जलविद्युत, कृषि तथा उत्पादन, शिक्षा तथा खेलकूद, धर्म संस्कृति तथा पर्यटन, वन तथा पर्याबरण, उद्योग, व्यापार तथा स्वरोजगार र सूचना तथा सञ्चारका विषयलाई छुट्टाछुट्टै रूपमा व्यवस्थित तरिकाले बुादागतरूपमा समेटिएको छ ।
नेता भट्टले अब केन्द्र र प्रदशेमा बामपन्थी सरकार बन्ने भएकोले घोषणापत्रमा समेटिएका विषयहरू समाधान गर्न सजिलो हुने विश्वास व्यक्त गरे । खुटिया–दिपायल फास्टट्रयाक चाडै बनाउनेदेखि धनगढी र अत्तरियालाई महानगर बनाउने योजना घोषणापत्रमा छन् ।
जनसंख्या, सेवासुविधाका हिसावले अत्तरिया प्रादेशिक राजधानी उपयुक्त हुने भएपनि त्यो विषय प्रदेश संसदले टुंगो लाउने हो घुमाउरो तरिकाले अत्तरियालाई राजधानी बनाउने कुरामा जोड दिादै नेता भट्टले भने राजधानी कहाा बनाउने भन्नेमा पार्टीले औपचारिक निर्णय नगरेको बताए ।
उनले चुनाव आउनै लाग्दा कर्मचारी र प्रहरी अधिकृतको सरुवा गर्नु गलत भए पनि सरकारले भने जस्तो गरेर उनीहरू दुरुपयोग हुन्नन भन्ने विश्वास आफूलाई रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार