१२ श्रावण २०८१, शनिबार

बाम गठबन्धनको सभाका लागि विभिन्न समिति गठन



धनगढी । बाम गठबन्धनको आयोजनामा शुक्रबार धनगढीमा आयोजना हुने जनसभालाई एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने भएका छन् ।
सभा आयोजना गर्नका लागि एमाले कैलालीका सचिवालय सदस्य लक्ष्मण कुँवर प्रमुख रहेको मूल निर्वाचन परिचालन समितिले बुधबार विभिन्न उपसमिति गठन गरेको छ ।
संयोजक कुँवरका अनुसार घनश्याम भट्टराई संयोजक र तिलकबहादुर सिंह उपसंयोजक रहेको जनपरिचालन समिति, मदनराज रेग्मी संयोजक र सुरज खाती उपसंयोजक रहेको युवा परिचालन समिति, दीर्घ जोशी संयोजक र डिल्लीराज खड्का उपसंयोजक रहेको यातायात परिचालन समिति, तेजेन्द्र थापा, डम्मर भट्टराई उपसंयोजक रहेको मञ्च व्यवस्थापन समिति, दिनेशचन्द्र सुवेदी संयोजक र वसन्त बागचन्द उपसंयोजक रहेको अथिति सत्कार समिति गठन गरिएको छ ।
धनगढीमा शुक्रबार दिउँसो १२ कभर्डहल खुलामञ्चमा जनसभा हुने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार