१४ मंसिर २०७८, मंगलवार

सम्पर्क कार्यालय उद्घाटन



टीकापुर । चुनावी प्रचारप्रसारका क्रममा नेपाली कांग्रेसले मंगलबार टीकापुर नगरपालिकाको वडा नम्बर ३ मा सम्पर्क कार्यालय उद्घाटन गरेको छ ।
सो अवसरमा प्रतिनिधि सभा सदस्य उम्मेदवार ईश्वरी न्यौपानेले लोकतन्त्रको रक्षाका लागि काँग्रेसको जीत आवश्यक रहेको चर्चा गरिन् ।
कार्यक्रम वडाध्यक्ष रामसेवक महतोको अध्यक्षतामा भएको थियो । सो अवसरमा प्रदेश सभा सदस्यका उम्मेदवार डाक्टर रणबहादुर रावल, समानुपातिक उम्मेदवार फकिरसिंह कडायत, टीकापुर नगरपालिकाका उपमेयर केशरी विष्ट, शिक्षक किर्तिसिंह बम, लौटन चौधरी, नवराज रावल, दिपक चौधरी, राप्रपाका भजनसिंह विक लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्