१० श्रावण २०८१, बिहीबार

बाम गठबन्धनको चुनावी सभा तथा घरदैलो



धनगढी । बाम गठबन्धनले मंगलबार कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ का विभिन्न स्थानमा चुनावी सभा तथा घरदैलो कार्यक्रम गरेको छ ।
बाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेद्वार नारदमुनी रानाले धनगढी उपमहानगरपालिका वडा नम्बर ७ को मनेहरा शिविरको दुई स्थानमा चुनावी सभा गरे । सभामा भलमान्सा घनश्याम चौधरी, रामप्रसाद चौधरी, अमर चौधरी लगायत २१ जना विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका थिए ।
वडा नम्बर ३ विशालनगरको त्रिवेणीचौक, पथरी गाउ, हरैया गाउ, कैलाली गाउ, मनेहरामा चुनावी सभा तथा घरदैला कार्यक्रम गरिएको छ ।
उर्मा गाउको शान्ति टोलमा आयोजना गरिएको घरदैलो कार्यक्रममा राप्रंपाका पशुपति पार्की लगायतका नेता एमालेमा प्रवेश गरेको जनाइएको छ ।
चुनावी कार्यक्रममा रानासगै प्रदेश १ का उम्मेद्वार नेपालु चौधरी लगायत बाम गठबन्धनका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
यस्तै, प्रदेश सभा २ अन्तरगत घुडसुवा, बासखेडा, विजुलिया, करपटट, बेला लगायतका स्थानमा चुनावी सभा, घरदैलो कार्यक्रम गरिएको छ । वाम गठबन्धनबाट प्रतिनिधि सभा क्षेत्र २ का उम्मेदवार रमेश धामीलगायत माओवादी–एमालेका नेता, कार्यकर्ता घरदैलो कार्यक्रममा सहभागि भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार