११ श्रावण २०८१, शुक्रबार

बाम गठबन्धनको प्रचारप्रसा



धनगढी । बाम गठबन्धनले सोमबार क्षेत्र नम्बर ५ अन्तर्गत धनगढीका विभिन्न क्षेत्रमा चुनावी कार्यक्रमहरू गरेको छ । गठबन्धनले क्षेत्र ५ को प्रदेश सभा क्षेत्र १ का विभिन्न ठाउामा चुनावी भेला तथा प्रदेश सभा क्षेत्र २ मा मतदाता भेटघाटका लागि घरदैलो कार्यक्रम गरेको छ ।
प्रदेश सभा २ अन्तर्गत वडा नम्बर ६ को जाली, बिजुलिया, दोधारालगायत क्षेत्रमा मतदाता भेटघाटका लागि घरदैलो कार्यक्रम गरिएको छ । वाम गठबन्धनबाट प्रतिनिधि सभा क्षेत्र २ का उम्मेदवार रमेश धामीलगायत माओवादी–एमालेका नेता, कार्यकर्ता घरदैलो कार्यक्रममा सहभागि भएका थिए ।
घरघरमा गएर मतदातासंग आफूले अघि सारेका योजना राखेको उम्मेदवार धामीले बताए । आफूले चुनाव जितेमा धनगढीलाई प्रदेश नम्बर ७ को राजधानी बनाउन पहल गर्ने, विकासका दृश्टिले पछि परेका प्रदेश क्षेत्र २ अन्तर्गतका सबै वडा र गाउँको समानुपातिक विकास गर्ने, सबै क्षेत्रमा खानेपानी, सडकलगायतका सुविधाहरू पुर्‍याउने प्रतिवद्धता उनले मतदातासामु गरेका छन् ।
यस्तै किसानलाई मल, बीउ, सिंचाई आदिमा सहुलियत दिने र मल, बीउलाई समयमै उपलब्ध गराउने प्रतिवद्धता मतदातासामु गरेका छन् । माओवादी केन्द्रका नेता समेत रहेका उम्मेदवार धामीले घरदैलोका क्रममा बाम गठबन्धनले जितेमात्र देश समृद्धिको बाटोमा अघि बढ्ने उल्लेख गर्दै वाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउन मतदातालाई आग्रह गरेका थिए ।
यस्तै प्रदेश सभा क्षेत्र १ अन्तरगत धनगढी गाउँ, धनगढी–१४, सी गाउँ फूलबारी, कैलारी गाउँपालिका–९, का विभिन्न ठाउँमा चुनावी सभाहरू गरिएका छन् । सभाहरूमा क्षेत्र नम्बर ५ का वाम गठबन्धनबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार नारदमुनी रानाले झुटा आश्वासनका पछाडि नलाग्न र स्थानीय समस्या बुझेका उम्मेदवारलाई मतदान गर्न मतदातालाई आग्रह गरे ।
देशको विकास र समृद्धिका लागि वाम गठबन्धन भएको उल्लेख गर्दै एमाले वैकल्पिक केन्द्रीय सदस्य समेत रहेका रानाले वाम गठबन्धनले मात्र देशलाई समृद्धिको बाटोमा लैजाने बताए । कार्यक्रममा गठबन्धनबाट प्रदेश सभा क्षेत्र १ का उम्मेदवार नेपालु चौधरीले काँग्रेसलाई पटकपटक जनताले अवसर दिए पनि यो क्षेत्रको विकास हुन नसकेको बताए ।
चुनावी कार्यक्रमहरूमा नेताहरू महेश्वर पाठक, दिनेशचन्द्र सुवेदी, यज्ञराज बाास्तोला, कृष्णराज गिरी, मनिराज जोशी, बसन्त चौधरीलगायतको सहभागिता रहेको थियो ।

मंसिर ०५ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार