६ कार्तिक २०८१, मंगलवार

पत्रकार जैशीमाथि आक्रमण



धनगढी । बौनियाका पत्रकार लक्ष्मीप्रसाद जैशीमाथि शनिबार राति अपरिचित व्यक्तिहरूको समूहले आक्रमण गरी गम्भीर घाइते बनाएका छन् । उनी जनता टेलिभिजनका टीकापुर समाचारदाता हुन ।
उनलाई सडकपुर बौनियास्थित घरमा सुतिरहेको समयमा ढोका फोडी करिब राति १ बजे भालाजस्तो धारिलो वस्तुले प्रहार गरी घाइते बनाइएको छ । आक्रमणकारीले उनका आमालाई समेत कुटपिट गरी घाइते बनाएका छन् ।

लक्ष्मीप्रसाद जैशी

मोटरसाईकल चढेर आएका चार जनाको समूहले ढोका फोडी एक्कासी आक्रमण गरेको जनाइउको छ ।
घाइते दुवै जनाको नेपालगंज नर्सिङ हाेम कोहलपुरमा उपचार भइरहेको छ । कैलालीको बौनियास्थित बर्दगोरिया अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर लगिएको हो । जैशीका बहिनी र श्रीमतीलाई सामान्य उपचारपछि घर पठाइएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान थालिसकेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक वीरबहादुर बुढामगरले जानकारी दिए । प्रहरीको प्रारम्भीक अनुसन्धानले आक्रमण चोरी गर्नका लागि नभई अन्य कारण भएको देखाएको प्रहरी नायव उपरिक्षक बुढामगरले बताए ।
पत्रकार जैशीमाथि भएको घटनाको नेपाल पत्रकार महासंघ कैलाली शाखाले घोर निन्दा र भ्रत्सर्ना गर्दै घटनामा संलग्न व्यक्तिलाई तत्काल पक्राउ गरी कारवाही गर्न आव्हान गरेको छ ।
त्यस्तै, जैशीमाथि आक्रमण घटनामा संलग्नलाई कारवाही गरी सुरक्षाको प्रत्याभूति दिलाउन प्रेस चौतारी नेपाल कैलाली शाखाले राज्यसँग माग गरेको छ ।

जैशीको नर्सिङ होम नेपालगंजमा उपचार हुँदै ।
प्रतिक्रिया दिनुहोस्
विशेष समाचार