१२ श्रावण २०८१, शनिबार

जेटिकप क्रिकेट : आदर्श नमुना र आरएमई फाइनलमा



बौनिया । कैलालीको बर्दगोरियामा जारी जेटीकप क्रिकेट प्रतियोगितामा शुक्रबार भएका खेलमा विजयी हुँदै आर्दश नमुना लम्की र आरएमई टीकापुर फाइनलमा प्रवेश गरेका छन् ।
पहिलो खेलमा आदर्शन नमुनाले लिटिल फ्लावर धनगढीलाई एक विकेटले पराजित गर्‍यो । टस जितेर पहिले ब्याटिङ गरेको लिटील फलावरले १५ दशमलव तीन ओभरमा ८९ रनमा अलआउट भयो ।
लिटील फलावरलाई ८९ रनमा समेटने क्रममा आर्दश नमुनाका शोम शाही र जीवन पाण्डेले तीन/तीन विकेट लिए ।
९० रनको सामान्य लक्ष्यसाथ ब्याटिङ गरेको आर्दश नमुनाले १९ दशमलव दुई ओभरमा नौ विकेट क्षतिमा विजय प्राप्त गर्‍यो ।
आर्दश नमुनाका कृष्ण ढकाल म्यान अफ द म्याच भए ।
दोस्रो खेलमा आरएमईले संत निरकारी टीकापुरलाई छ विकेटले पराजित गर्दै फाइनलको यात्रा तय गर्‍यो ।
टस जितेर पहिले ब्याटिङ गरेको संत निरकारी टीकापुरले २० ओभरमा नौ विकेटमा ९६ रन बनायो । संत निरंकारीका शौरभजंग शाहले २१ र कप्तान कुशल कठायतले १४ रनको योगदान दिए ।
आरएमई टीकापुरका हेमन्त रावलले तीन र कप्तान धविष्य धामीले चार विेकेट लिए । जवाफमा आरएमई टीकापुरले १८ दशमलव तीन ओभरमा चार विकेट क्षतीमा जित प्राप्त गर्‍यो ।
आरएमईका संजय बोहराले ३१ तथा जीवन ठकुल्लाले २४ रनको महत्त्वपूर्ण पारी खेलेका थिए । हेमन्त रावल म्यान अफ द म्याच भए ।
प्रतियोगितामा कैलाली जिल्लाका २० वटा निजी तथा सामुदायिक विद्यालयको सहभागीता रहेको छ ।

मंसिर ०२ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार