११ श्रावण २०८१, शुक्रबार

बामगठबन्धनद्वारा घरदैलो तथा चुनावी सभा



धनगढी । बाम गठबन्धनले शुक्रबार कैलाली जिल्लाका विभिन्न स्थानमा चुनावी सभा तथा घरदैलो गरेको छ ।
जिल्लाको क्षेत्र नम्बर ५ को प्रदेश सभा क्षेत्र ख अन्तर्गत शुक्रबार वडा नम्बर १ को बसन्त टोल तथा वडा नम्बर ३ को वीरेन्द्र टोलमा चुनावी सभा भएका छन् ।
चुनावी सभामा बामगठबन्धनका प्रतिनिधि सभा सदस्य उम्मेदवार नारदमुनी राना, प्रदेश सभा सदस्य उम्मेदवार रमेश धामीलगायतले सम्बोधन गरेका थिए ।
सो अवसरमा प्रतिनिधि सभा सदस्य उम्मेदवार रानाले आफू सधैं सामाजिक काममा सक्रिय रहेको बताए ।
त्यस्तै, शुक्रबार क्षेत्र नम्बर ५ अन्तर्गत धनगढी उपमहानगरपालिकाको वडा नम्बर ५, १७ तथा वडा नम्बर ३ र कैलारी गाउँपालिकाको वडा नम्बर ६ मा कार्यकर्ता भेटघाट, भेला लगायतका कार्यक्रम भएका छन् ।
त्यस्तै, जिल्लाको क्षेत्र नम्बर ४ अन्तर्गत गोदावरी नगरपालिका वडा नम्बर १२ का विभिन्न टोलमा कोणसभा भएका छन् ।
कोणसभामा प्रतिनिधि सभा सदस्यका उम्मेदवार लेखराज भट्ट र प्रदेश सभा सदस्यका उम्मेदवार कृष्ण सुवेदीले मन्तव्य व्यक्त गरेका थिए ।
त्यस्तै, क्षेत्र नम्बर ३ ख प्रदेश सभा सदस्य उम्मेदवार अमर साउँदले घोडाघोडी नगरपालिका वडा नम्बर १२ मा घरदैलो अभियान गरेको जनाइएको छ ।
बामगठबन्धनले तारानगर, हसनपुर, उर्मा, फूलबारीलगायत क्षेत्रमा मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम गरेको छ । घरदैलो अभियानमा उम्मेदवारहरूसंगै एमाले नेता महेश्वर पाठकलगायत एमाले–माओवादीका नेताहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार