१८ आश्विन २०८१, शुक्रबार

विप्लव माओवादीका चार जना पक्राउ



धनगढी । कैलाली प्रहरीले नेकपा (माओवादी) बिप्लव समूहका कैलाली इञ्चार्जसहित चार जनालाई पक्राउ गरेको छ ।
चुनावलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न र निर्वाचन विरोधी गतिविधि हुन नदिन भनेर बिहीबार राति प्रहरीले कैलालीको टीकापुर नगरपालिकाबाट सुकुम्वासी संघका केन्द्रीय अध्यक्ष मीनराज गिरी र अखिल भूमिहीन सुकुम्वासी संघ कैलालीका अध्यक्ष तपेन्द्र रसाईली तथा कैलारी गाउँपालिकाबाट नेपाल कम्युनिष्ट पार्टीका सुदूरपश्चिम क्षेत्रीय ब्यूरो सदस्य प्रकाश मल्ल र कैलाली जिल्ला इञ्चार्ज रामबहादुर चौधरीलाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका चारैजनालाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखिएको कैलाली प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक बीरबहादुर बुढामगरले बताए ।
विप्लव समूहका कैलाली जिल्ला कमिटी सदस्य बिनोद बिष्टले प्रहरीले घरमा शान्तिपूर्वक बसिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको बताएको छ ।
आसन्न निर्वाचनलाई लक्षित गर्दै विप्लव माओवादी कार्यकर्ताले उम्मेदवारहरूमाथि आक्रमण गर्ने, निर्वाचन विथोल्न मतदाताहरूलाई त्रसित बनाउने लगायतका खबर आएपछि कैलालीमा पनि सुरक्षा सर्तकता कडा बनाइएको प्रवक्ता बुढामगरले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार