१० श्रावण २०८१, बिहीबार

नियोकद्वारा प्रशिक्षकलाई प्रशिक्षण



धनगढी । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) ले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन पर्यवेक्षणका लागि प्रदेश नम्बर ७ का १६ वटा निर्वाचन क्षेत्रमा एकएक जना पर्यवेक्षकलाई प्रशिक्षण दिएको छ । विहीबार धनगढीमा प्रशिक्षण लिएका प्रशिक्षकले आआफ्नो निर्वाचन क्षेत्रमा पर्यवेक्षकलाई प्रशिक्षित गराउने बताइएको छ ।
नियोकका उपाध्यक्ष प्राध्यापक डाक्टर कुशुम शाक्यले यस पटक हरेक निर्वाचन क्षेत्रमा दश दश जना पर्यवेक्षक खटाइने र उनीहरुबाट निर्वाचन सम्वन्धी वस्तुपरक, तथ्यपरक सूचना आउने अपेक्षा गरेको बताइन ।
नियोकले निर्वाचन तयारी, शान्तिसुरक्षा, आचारसंहिताका विषयमा निर्वाचन पूर्वको पर्यवेक्षण, निर्वाचनको दिन र निर्वाचनपछिको पर्यवेक्षणका लागि पर्यवेक्षक खटाएको छ । नियोकका प्रदेश नम्बर ७ का संयोजक देवीप्रसाद खनालले प्रशिक्षक पर्यवेक्षकलाई निर्वाचनका प्रक्रिया बारे जानकारी गराउदै पर्यवेक्षकले स्वतन्त्र, निष्पक्ष भएर दिइएको काम कर्तव्य पूरा गर्नु पर्ने बताए ।
प्रशिक्षण लिएका १६ जनाले आफ्नो निर्वाचन क्षेत्रमा दश जना पर्यवेक्षकलाई प्रशिक्षण दिनेछन् । नियोकले आसन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा प्रदेश नम्बर ७ का १६ निर्वाचन क्षेत्रमा एक सय ६० जना र प्रदेश तथा जिल्ला समितिका पदाधिकारीहरु बाट पर्यवेक्षण गराउने योजना बनाएको प्रदेश संयोजक खनालले जानकारी दिए ।
प्रशिक्षक पर्यवेक्षकलाई उपाध्यक्ष प्राध्यापक डाक्टर कुशुम शाक्यले पद तथा गोपनियताको सपथ गराएकी छिन् ।

मंसिर ०१ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार