१० श्रावण २०८१, बिहीबार

सडक मर्मतकर्ता आन्दोलित



धनगढी । राष्ट्रिय ग्रामिण यातायात सुदृढीकरण कार्यक्रम (एसएनआरटिपी) कैलालीमा कार्यरत सडक मर्मतकर्ताहरू तलब नपाएको भन्दै आन्दोलित भएका छन् ।
चार महिनादेखि तलव नपाएको भन्दै उनीहरूले बिहिबार जिल्ला प्राविधिक कार्यालय घेराउ गरे ।
कैलालीका गौरीगंगा नगरपालिका वडा नम्बर १० की मनकुनी चौधरीले तलब नपाउँदा बिहान र बेलुकाको छाक टार्न र छोराछोरीलाई स्कुल पढाउन समस्या परेको बताईन् ।
सुरुमा महिनैपिच्छे तलब दिदा घरखर्च चलाउन सजिलो भएको तर अहिले चार महिना हुँदा सम्म पनि तलब नदिएकोले अहिले ब्याजमा ऋण निकालेर घरखर्च चलाईरहेको सडक मर्मतकर्ता चेरीया चौधरी र मनकुमारी चौधरीको गुनासो छ ।
घरपरिवारमा ससाना नानिहरूलाई छोडेर दैनिक काम गर्ने गरेको तर चार महिना हुँदासम्म पनि तलब नपाएको सडक मर्मतकर्ताहरूको गुनासो छ । अहिले त जाडोको महिना आएकोले न्यानो लत्ताकपडा किन्न पनि पैशा नभएको यसोधा धामीले बताइन ।
जिल्ला प्राविधीक कार्यालय कैलालीका प्रमुख जिल्ला ईन्जिनियर मनिष अर्यालले सडक मर्मतकर्ताहरूको तलब आउन अझै एक महिना लाग्ने बताएका छन् । स्थानिय तह विभाजनसंगै राष्ट्रिय ग्रमिण यातायात सुदृढीकरण कार्यक्रमका नियमहरू परिवर्तन भएकाले यसमा समस्या भएको र यो समस्यालाई केहि दिनमै समाधान गर्ने बताएका छन् ।
कैलालीमा तिन बर्ष अघि सुरु भएको राष्ट्रिय ग्रमिण यातायात सुदृढीकरण कार्यक्रम विभिन्न स्थान गरी एक सय ५३ किलोमिटर सडकमा लागु छ । कैलालीको फुलवारी–गदरिया–राजपुर, बडैपुर–हसुलिया, कनरी–चौमाला, कनरी–उर्मा, बेहेडावावा–चौमाला, सहजपुर–निगाली सडकखण्डमा राष्ट्रिय ग्रमिण यातायात सुदृढीकरण कार्यक्रम लागु छ ।

मंसिर ०१ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार