११ श्रावण २०८१, शुक्रबार

जेटिकप क्रिकेट : आदर्श नमुना र लिटिल फ्लावर सेमिफाइनलमा



बौनिया । कैलालीको बर्दगोरियामा जारी जिल्ला स्तरीय जेटीकप क्रिकेट प्रतियोगितामा आर्दश नमुना लम्की र लिटिल फ्लावर धनगढी सेमीफाईनलमा प्रवेश गरेका छन् ।
आदर्श नमुनाले क्वार्टर फाइनलमा उज्यालो शिक्षा सदन लम्कीमाथि सात रनले विजय प्राप्त गरेको छ । अर्को खेलमा लिटिल फ्लावरले कालिका मावि नौनियालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्‍यो ।
टस हारेर पहिले ब्याटिङ गरेको आर्दश नमुनाले निर्धारित २० ओभरमा नौ विकेट क्षतिमा एक सय १४ रन बनायो । प्रतिउत्तरमा उज्यालो शिक्षा सदन १९ दशमलव तीन ओभरमा एक सय सात रनमा समेटियो ।
ब्याटिङ (१६ रन) तथा बलिङ (दुई विकेट) दुवैमा राम्रो प्रदर्शन गरेका आर्दश नमुनाका कृष्ण ढकाल म्यान अफ द म्याच भए ।
दोस्रो खेलमा क्वार्टफाईनल खेलमा लिटिल फ्लावरले कालिकालाई १८ रनले पराजित गर्‍यो । टस जितेर पहिले ब्याटिङ गरेको लिटील फ्लावर धनगढीले १६ दशमलव चार ओभरमा एक सय चार रनमा अलआउट भयो । लिटिल फ्लावरका अनील थापाले २३ रन बनाए ।
एक सय १५ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कालिका १९ दशमलव एक ओभरमा ९६ रनमा अलआउट भयो । लिटिल फ्लावरका अनिल थापा म्यान अफ द म्याच भए ।
प्रतियोगिताअन्तर्गत आज (बिहीबार ) समुह आरएमई टीकापुर र बसन्तमुरारी मावि बौनियाबीच खेल हुने छ । त्यसैगरी संत निरकारी टीकापुर र पायोनियर्स बीच खेल हुने छ ।
कार्तिक १५ गते देखि सञ्चालन भएको प्रतियोगिता मंसीर २ गतेसम्म सञ्चालन हुने छ । प्रतियोगिताको विजेताले ४१ हजार तथा उपविजेताले १७ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

कात्तिक ३० गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार