५ कार्तिक २०८१, सोमबार

अत्तरिया र सुखडमा बाम गठबन्धनका संयुक्त भेला, धनगढीमा घरदैलो




धनगढी ।
बाम गठबन्धनले संयुक्त भेला तथा वडा प्रचार कार्यालयहरू खोल्दै प्रचारलाई तीव्रता दिएको छ ।
बुधबार कैलाली क्षेत्र नम्बर ४ को गोदावरी र घोडाघोडी नगरपालिकामा भेला भएका छन् । अत्तरियामा भएको गोदावरी नगरस्तरीय भेलालाई प्रतिनिधि सभा सदस्यका उम्मेदवार लेखराज भट्टले आफूहरू अरू दलजस्तो प्रचारवाजीमा नभई काममा विश्वास गर्ने बताए । सुख्खा बन्दरगाह, मेडिकल कलेज, विशेष आर्थिक क्षेत्र (सेज) जस्ता महत्त्वपूर्ण आफूले अघि सारेको थिए । सेज कांग्रेसले फेल गर्‍यो । भट्टले भने, बामपन्थीको फूटको फाइदा अरूले लिए अब देश बनाउनका लागि गठबन्धनका उम्मेदवार जिताउन र त्यसका लागि इमान्दार भएर लाग्न कार्यकर्तालाई अनुरोध गर्दछु ।
प्रदेश सभा क्षेत्र संयोजक भीम बोगटीको अध्यक्षतामा भएको भेलालाई नेकपा एमाले कैलालीका सचिव तथा निर्वाचन परिचालन समितिका संयोजक रणबहादुर चन्द, गोदावरी नगरपालिकाका प्रमुख हरिसिंह साउद, प्रदेश सभा उम्मेदवार कृष्णराज सुवेदी लगायतले सम्वोधन गरेका थिए । बुधबार नै गोदावरी नगरपालिका वडा नम्बर ७ को प्रचार कार्यालय उद्घाटन भएको छ ।
यसैगरी निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेश (२) स्तरीय कार्यकर्ता भेला सुखडमा भएको छ । प्रतिनिधि सभा सदस्य उम्मेदवार गौरीशंकर थारू प्रमुख अतिथि थिए । एमाले जिल्ला सचिवालय सदस्य खडक रावतको अध्यक्षतामा भएको कार्यकर्ता भेलालाई माओवादी केन्द्रका केन्द्रीय सदस्य गौरी जोशी, एमाले जिल्ला सचिव रणबहादुर चन्द, सचिवालय सदस्य विमल जोशी, घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरी, प्रदेश सभा सदस्य उम्मेदवार अमरबहादुर साउँद लगायतले सम्बोधन गरेका थिए भने कार्यक्रमको सञ्चालन सुरेन्द्र आचार्यले गरेका थिए ।
एमाले कैलाली जिल्ला अध्यक्ष तथा प्रदेश सभा उम्मेदवार दीर्घ सोडारी बुधबार चुरे गाउँपालिका वडा नम्बर २ र ४ मा कार्यकर्ता भेटघाटमा रहेका सो पार्टीले जनाएको छ ।
बाम गठबन्धनले कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा घरदैलो तथा चुवावी सभा कार्यक्रम जारी राखेको छ ।
बाम गठबन्धनले बुधबार धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मसान टोल, वडा नम्बर १ को मुक्तकमैया शिविर, वडा नम्बर १५ को उर्मा र कनरी, वडा नम्बर ९ को गौरीकटान तथा वडा नम्बर ७ को मनेहरा लगायतका स्थानमा घरदैलो कार्यक्रम गरेको चुनाव प्रचारप्रसार समितिले जनाएको छ ।
घरदैलो तथा चुनावी सभामा बाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार नारदमुनि राना, प्रदेश सभा उम्मेदवारद्वय नेपालु चौधरी तथा रमेश धामी, नेकपा एमालेका सेती अञ्चल संयोजक महेश्वर पाठक, प्रदेश समिति सदस्य राजेश भण्डारी, समानुपातिक उम्मेदवार गणेश विक, नेता दिनेशचन्द्र सुवेदी, दीपक देवकोटा, यज्ञराज वास्तोला लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार