११ श्रावण २०८१, शुक्रबार

जेटिकप क्रिकेट : आजदेखि क्यार्टरफाइनल खेल



बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा जारी जिल्ला स्तरीय जेटीकप क्रिकेट प्रतियोगिता अन्तर्गत आज (बुधबार) देखि क्यार्टर फाइनलका खेल हुने भएका छन् ।
मंगलबार लीग पहिलो चरणका अन्तिम तीन खेल भएसंगै क्वार्टरफाइनलको समिकरण पनि पुरा भएको छ ।
क्वार्टर फाइनल अन्तर्गत आज उज्यालो शिक्षा सदन लम्की र आर्दश नमुना लम्कीबीच खेल हुने छ ।
मंगलबार भएका लीग चरणका अन्तिम तीन खेलमा कैलाली पब्लिक, कालिका मावि र आर्दश नमुना विजयी भएका छन् ।
कैलाली पब्लिकको सान्त्वना जीत हो भने कालिका मावि र आर्दश नमुना समुह उपविजतेता हँुदै क्वाटर फाईनलमा प्रवेश गरेका छन् ।
मंगलबारको पहिलो खेलमा कैलाली पब्लिकले सर्वोदयलाई चार विकेटले पराजित गर्‍यो । टस हारेर पहिले पहिले ब्याटिङ गरेको सर्वोदय माविले १४ दशमलव दुई ओभरमा सबै विकेट गुमाएर ७१ रनमा समेटियो । सर्वोदयलाई सस्तैमा समेट्ने क्रममा कैलाली पब्लिकका हेमन्त बटालाले चार विकेट लिए ।
७२ रनको सामान्य विजय लक्ष्य पाएको कैलाली पब्लिकले १२ दशमलव दुई ओभरमा छ विकेट गुमाएर प्राप्त गर्‍यो । कैलाली पब्लिकका बटाला म्यान अफ द म्याच भए ।
दोस्रो खेलममा कालिका मावि नौनियाले द सनराईजलाई तीन रनले हरायो । टस हारेर पहिले ब्याटिङ गरेको कालिकाले १५ ओभरमा आठ विकेट क्षतिमा ७८ रन बनायो । कालिकाका प्रवेश साउदले ३६ रनको आकर्षक पारी खेले ।
सामान्य विजय लक्ष्य भए पनि द सनराइज तीन रनले पराजित भयो । सो खेलमा कालिकाका प्रवेश साउद म्यान अफ द म्याच भए ।
मंगलबारको अन्तिम खेलमा आर्दश नमुनाले नवबालबाटिकालाई नौ रनले पराजित गर्‍यो । टस जितेर पहिले ब्याटिङ गरेको आर्दश नमुनाले १५ ओभरमा आठ विकेट क्षतिमा संघर्ष गर्न लायक ९१ रन बनायो । आदर्श नमुनाका रेवन्त शाहले १९ रन बनाए ।
प्रतिउत्तरमा नवबालबाटिका १४ दशमलव दुई ओभरमा ८२ रनमा अलआउट भयो । बालबाटिकामाथि नौ रनको विजय प्राप्त गर्ने क्रममा आर्दश नमुनाका कप्तानले आफ्नो अन्तिम ओभरमा ह्याट्रिक सहित चार विकेट लिए । उनी म्यान अफ द म्याच भए ।
प्रतियोगितामा कैलालीका २० वटा निजी तथा सामुदायिक विद्यालयका टिमको सहभागिता रहेको छ । प्रतियोगिता आयोजक समितिका उपसंयोजक मनोज पन्तका अनुसार प्रतियोगिता मंसिर २ गतेसम्म सञ्चालन हुने छ ।
प्रतियोगिताको विजेताले ४१ हजार तथा उपविजेतादे १७ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने उनले बताए ।

कात्तिक २९ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार