६ कार्तिक २०८१, मंगलवार

काँग्रेसद्वारा विभिन्न स्थानमा कोणसभा



धनगढी । नेपाली काँग्रेसले चुनावी प्रचारप्रसारका क्रममा मंगलबार धनगढी उपमहानगरपालिकाका विभिन्न छ स्थानमा कोणसभा गरेको छ ।
काँग्रेसको चुनाव प्रचारप्रसार समितिका अनुसार मंगलबार उपमहानगरपालिको वडा नम्बर १ र २ का दुई ठाउँमा तथा वडा नम्बर ४ र १९ मा चुनावी कोणसभा भएका थिए ।
कोण सभामा प्रदेश सभा सदस्य ख क्षेत्रका उम्मेदवार डिल्लीराज पन्त, समानुपातिक उम्मेदवार उम्मेदवार टेकबहादुर रैका, धनगढी उपमहानगर प्रमुख नृपबहादुर वड, उपप्रमुख सुशीला मिश्र भट्ट, नेपाली काँग्रेसका जिल्ला सदस्य केशव मिश्र लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
वडा नम्बर १ मा भएको कोणसभा वडा सभापति महादेव सोप, वडा नम्बर २ मा नरबहादुर बम, ४ मा अनन्तराज जोशी र १९ मा होमप्रसाद गौतमको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार