सात किलो चरेशसहित चार पक्राउ



धनगढी । कैलालीको धनगढीमा प्रहरीले मंगलबार लाग पदार्थ चरेश सहित चार जनालाई पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय, धनगढीका प्रहरी निरीक्षक हिक्मतबहादुर थापा नेतृत्वको टोलीले विशेष सूचनाका आधारमा सात किलो आठ सय ग्राम चरेश सहित चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढामगरका अनुसार पक्राउ पर्नेमा बझाङ जिल्ला सुर्मा गाउँपालिका वडा नम्बर १ घर भई हाल धनगढी उपमहानगरपालिका वडा नम्बर ४ मा डेरा गरी बस्ने कविराम बोहरा, नरेन्द्र बोहरा, पुस्कर बोहरा र सुनील बोहरा रहेका छन् ।
प्रहरीले उनीहरूको कोठाबाट सो परिमाणको चरेश बरामद गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्