११ श्रावण २०८१, शुक्रबार

बाम गठबन्धनको चुनावी सभा



धनगढी । बाम गठबन्धनले मंगलबार धनगढी उपमहानगरपालिकाका ६ वटा स्थानमा चुनावी सभा गरेको छ ।
चुनावी प्रचारप्रसारका क्रममा वडा नम्बर ४ को महिमा टोल, ५ को तारानगर र जाँई, १२ को जुगेडा, १३ को श्रीलंका र १९ को फूलबारीमा चुनावी सभा गरेको प्रचारप्रसार समितिले जानकारी दिएको छ ।
वडा नम्बर ४ मा ४ का संयोजक मिठ्ठु कुँवर, ५ मा धिमलाल जोशी, १२ मा ऐनबहादुर सिंह र वडा नम्बर १३ मा मदन रेग्मीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्यका उम्मेदवार नारदमुनि राना, एमालेका केन्द्रीय सदस्य महेश्वर पाठक, प्रदेश सभा उम्मेदवार रमेश धामी, नेपालु चौधरी लगायतको उपस्थिति रहेको थियो ।

संयुक्त बाम विद्यार्थी भेला
टीकापुर । नेकपा एमाले र माओवादी केन्द्र निकट युवा र विद्यार्थी संगठनको मंगलबार टीकापुरमा संयुक्त भेला भएको छ ।
भेलामा एमाले केन्द्रीय सदस्य तथा कैलाली क्षेत्र नम्बर १ का उम्मेदवार गरिमा शाह, माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा प्रदेश सभा उम्मेदवार नेपबहादुर चौधरी, एमालेका केन्द्रीय प्रचार विभाग सदस्य मातृका तिमिल्सेना, एमाले कैलाली सचिव रणबहादुर चन्द, निर्वाचन परिचालन संयोजक भैरव रावल, माओवादी केन्द्रका नन्दाराम विक, एमालेका श्याम खत्री, ईश्वर सोडारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
सो कार्यक्रम जनक खड्काको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार