११ श्रावण २०८१, शुक्रबार

जेटिकप क्रिकेट : पायोनियर्स, जनजागृति तथा कालिका विजयी



बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा जारी जिल्ला स्तरीय जेटीकप क्रिकेट प्रतियोगितामा सोमबार भएका खेलमा पायोनियर्स, जनजागृति र कालिका विजयी भएका छन् ।
सोमबार भएको पहिलो खेलमा पायोनियर्सले सर्वोदय स्कुललाई दुई रनले पराजित गरेको छ । जीतसंगै पायोनियर्स समूह उपविजेता हुँदै क्वार्टर फाइनल प्रवेश गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको पायोनियर्सले १४ दशमलव चार ओभरमा सवै विकेट गुमाउँदै ७४ रन बनायो ।
७५ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङ गर्न आएको सर्वोदय मावि निर्धारित १५ ओभरमा नौ विकेटमा ७२ रनमा समेटियो ।
दोस्रो खेलमा जनजागृति चौरीले ब्राईट फ्युचर लम्कीलाई ४५ रनले पराजित गर्‍यो । टस जितेर पहिले ब्याटिङ गरेको जनजागृतिले १५ ओभरमा एक सय १८ रनको सम्मानजनक रनस्कोर बनायो ।
जवाफमा ब्राईट फ्युचर १३ औं ओभरमा ७३ रनमा अलआउट भयो । जनजागृतिका दीपेश न्यौपानेले तीन ओभरमा छ रन खर्च गर्दै पाँच विकेट लिए । उनी म्यान अफ द म्याच भए ।
त्यस्तै, सोमबारको अन्तिम खेलमा कालिका मावि नौनियाले नातालाई ३० रनले पराजित गर्‍यो ।
टस जितेर ब्याटिङ गरेको कालिकाले १४ दशमलव चार ओभरमा ७९ रनमा अलआउट भयो । जवाफमा नाता १२ औं ओभरमा ४९ रनमा अलआउट भयो ।
आज (मंगलबार) प्रतियोगितामा लिग चरणका अन्तिम तीन खेल हुने जनाइएको छ । आज सर्वोदय विद्या मन्दिर र कैलाली पब्लिक, कालिका र द सनराईज र आर्दश नमुना तथा नव बालबाटिकाबीच खृल हुने खेल सयोजक एकेन्द्र मल्लले बताए ।
प्रतियोगितामा कैलाली जिल्लाका २० वटा निजी तथा सामुदायिक विद्यालयको सहभागीता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार