११ श्रावण २०८१, शुक्रबार

मुलुक राजनीतिक द्वन्द्वतर्फ उन्मुख गराइदै छ– केस पाण्डे



धनगढी । नेपाली काँग्रेस केन्द्रीय प्रचारप्रसार समन्वय उपसमितिका सहसंयोजक बद्रि पाण्डेले बाम गठबन्धनका कारण मुलुकमा पुन: राजनीतिक द्वन्द्व बृद्धि हुने बताएका छन् ।
नेपाली काँग्रेस, प्रचारप्रसार उपसमितिले सोमबार धनगढीमा स्थापना गरेको प्रदेश नम्बर ७ को मिडिया सेन्टर उद्घाटनका क्रममा काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका सहसंयोजक पाण्डेले बाम गठबन्धनको निर्माण अप्रत्यासित, अस्वाभाविक तथा रहस्यमयी भएको बताए ।
उनले भने– संविधान निर्माणका क्रममा नै माओवादी र एमालेले उठाएका प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति शासन वा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, एकल जातीय प्रदेश, बहुलवादलाई अस्विकार गर्ने लगायतका मुद्दालाई उनीहरू पुन: लाद्न खोजिरहेका छन् ।
कार्यक्रममा केन्द्रीय प्रसारप्रसार समितिका उपसंयोजक बद्रि सिग्देलले आउँदो पुस्ताको उज्ज्वल भविष्यका लागि यो निर्वांचनमा लोकतान्त्रिक शक्ति विजयी हुनुपर्ने बताए ।
कैलाली क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार सुनीलकुमार भण्डारीले पछिल्लो राजनीतिक धु्रविकरणले मुलुकलाई पुन: अस्थिर र अन्यौलग्रस्त बनाइरहेको बताए । उनले भने– जबजब नेपालमा राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको यात्रा शुरु हुन्छ, तबतब देशीविदेशी तत्त्वहरूले अस्थिरता र अन्योल सिर्जना गर्ने गरेको पटकपटकका घटनाले पुष्टि गरेको छ ।
सो अवसरमा प्रदेश सभा सदस्यका उम्मेदवारहरू हिरादत्त भट्ट, डिल्लीराज पन्त र यज्ञराज चौधरी, पार्टीका जिल्ला सचिवद्वय पूर्ण कुँवर र दीपकराज जोशीले मन्तव्य व्यक्त गरेका थिए ।
मिडिया सेन्टरका प्रदेश संयोजक मनमोहन स्वाँरको अध्यक्षतामा भएको कार्यक्रमको संचालन प्रेस युनियन कैलालीका अध्यक्ष टेकराज जोशीले गरेका थिए ।

कात्तिक २८ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार