बाम गठबन्धनद्वारा विभिन्न स्थानमा चुनावी प्रचार



धनगढी ।बाम गठबन्धनले कैलालीका विभिन्न स्थानमा चुनावी कार्यक्रम गरेको छ । यस क्रममा कैलाली क्षेत्र नम्बर. ५ मा घरदैलो कार्यक्रम अघि बढाइएको छ ।
बामगठबन्धका प्रतिनिधि सभा सदस्य उम्मेदवार नारदमुनि राना, प्रदेश सभा ख का उम्मेदवार रमेश धामी सहितले सोमबार धनगढी वडा नम्वर १, २, ४, ६, १७ र १८ मा घरदैलो गरेको जनाइएको छ ।
घरदैलोका क्रममा धनगढी वडा नम्बर २ सरस्वतीनगरमा आयोजित कोणसभामा उम्मेदवार रानाले यो क्षेत्रको विकासका लागि पर्यटकीय क्षेत्र, कृषि र वनलाई व्यवस्थित गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।
त्यस्तै, कैलाली क्षेत्र नम्बर ५ प्रदेश सभा क्षेत्र क का उम्मेदवार नेपालु चौधरीले कैलारी गाउँपालिका वडा नम्वर ६ र धनगढीका वडा नम्वर १५ र १८ कम घरदैलो कार्यक्रम गरेका छन् ।
उता, बाम गठबन्धनले क्षेत्र नम्बर ३ मा सम्पर्क कार्यालय स्थापना र कार्यकर्ता प्रशिक्षण कार्यक्रम तीब्र बनाइएको छ ।
प्रदेश सभा ख का चुनाव परिचालन समिति संयोजक खडक रावतले घरदैलो कार्यक्रम पनि अघि बढाइएको बताए ।
चुनावी प्रचारका क्रममा सोमबार घोडाघोडी नगरपालिका–५, देवकलिया पुगेका बाम गठबन्धनका उमेदवार गौरीशंकर चौधरीले जनताको माया पाइरहेको बताए ।
क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यका लागि नेपाली काँग्रेसबाट रामजनम चौधरी छन् भने प्रदेश सभा सदस्य ख क्षेत्रका लागि लक्ष्मण शाही उम्मेदवार रहेका छन् । बाम गठबन्धनबाट सो क्षेत्रमा अमर साउँद उम्मेदवार रहेका छन् ।

कात्तिक २८ गते (epaper)

प्रतिक्रिया दिनुहोस्