प्रधानमन्त्री देउवा धनगढी आउँदै



धनगढी । चुनावी प्रचाप्रसार कार्यक्रममा क्रममा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा भोली (बुधबार) धनगढी आइपुग्ने भएका छन् ।
नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिका अनुसार प्रधानमन्त्री देउवाले आज (मंगलबार) देखि पश्चिम क्षेत्रको भ्रमण थालेका छन् ।
केन्द्रीय निर्वाचन कार्यालयले प्रकाशन गरेको प्रेसनोटका अनुसार सभापति एवं प्रधानमन्त्री देउवा आज नेपालगन्ज आइपुग्दैछन् ।
प्रधानमन्त्री देउवाले धनगढीमा कार्यकर्ता भेटघाट तथा अन्य चुनावी कार्यक्रममा सहभागी बन्नेछन् । त्यस्तै, क्षेत्रीय प्रशासक तथा सुरक्षा निकायका प्रमुखसंग शान्ति सुरक्षाबारे छलफल गर्ने छन् ।
प्रधानमन्त्री देउवा ३० गते गृह जिल्ला डडेल्धुरा पुग्ने कार्यक्रम छ । डडेल्धुरालाई मुकाम बनाएर प्रधानमन्त्री देउवाले प्रदेश नम्बर ७ का विभिन्न जिल्लाका चुनावी सभामा सहभागी हुने जनाइएको छ ।
प्रधानमन्त्रीले मंसिर २ गतेसम्म बैतडी, दार्चुला, बझाङ र बाजुरामा आयोजित चुनावी सभामा सहभागी हुने केन्द्रीय निर्वाचन परिचालन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्