१२ श्रावण २०८१, शनिबार

बाढीपीडितलाई कर्कटपाता वितरण



टीकापुर । टीकापुर नगरपालिकाका बाढीपीडितलाई राहत वितरण गरिएको छ । बाढीले घर क्षतिग्रस्त भएका टीकापुर नगरपालिका वडा नं. ६ का चार परिवार र वडा नं. ७ का २ गरी ६ परिवारलाई राहत स्वरूप कर्कटपाता उपलब्ध गराइएको हो ।
राहत वाफत कर्कटपाता पाउदा धेरै खुशी महशुस भएको, अब भत्केको घरलाई नया बनाउने भर्तापुरका बाढीपीडित धनीराम चौधरीले बताए । उनले सहयोगको भरमा नयाँ घर नबन्ने, आफ्नो पर्यत्न पनि चाहिने भएकाले राहत सामग्री र आफ्नो तर्फबाट गर्न सक्ने कार्यले अवको केही दिनमा नयाँ घर बनाउने बताए । ‘जति छ त्यत्तिमै सन्तुष्ट हुनुपर्छ, एकै पल्ट राम्रो सुन्दर घर बन्दैन, घरमा रहेको सामान प्रयोग गरी नयाँ घर बनाउने जोहोमा छु’ उनले भने ।
संयुक्त अरब इमिरेट्स (युएई) मा रहेका नेपालीले बाढीपीडितलाई पठाएको राहत रकमले उक्त परिवारलाई कर्कटपाता प्रदान गरिएको हो । राहत वाफत ६ परिवारलाई दुई/दुई बण्डलका दरले कर्कटपाता प्रदान गरिएको छ । कर्कटपाता पाए पछि अब थप केही रकमको जोहो गरी नयाँ घर बनाउने भर्तापुरका दुर्गादेवी बुढाले बताए । उनले घरमा रहेको अन्य पाता मिलाएर नयाँ घर बनाई शितलहरबाट बाँच्ने आशा जागेका बताए । घरमा अन्य कमाउने कोही छैन । मलाई अझै पनि सहयोग अपेक्षा छ, बुढाले भनिन् ।
प्रकोपले मानवलाई मात्र हैन सबैलाई दु:ख दिने भएकोले युएईमा रहेका नेपालीले मानविय रूपमा सहयोग गरेको र सहयोगले विकास हुने टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीप्रसाद आर्चायले बताए । उनले प्रकोपको बेला अन्य धन भन्दा ज्यान महत्त्वपूर्ण रहेकोले दु:खले शिक्षा मिल्ने, वातावरणमा अनुकुलन हुन सिकाउने बताए ।
संयुक्त अरब इमिरेट्स (युएई) मा रहेको नेपालीबाट संकलितमध्ये एक लाख रुपैयाँ सुदूरपश्चिम सेवा समाज युएईका महासचिव मानबहादुर केसीको सहयोगमा बाढी पीडितलाई सहयोग जुटेको पत्रकार एकिन्द्र तिमिल्सिनाले जानकारी दिए ।
राहात वितरण कार्यक्रममा बोल्दै पत्रकार गणेश चौधरीले पत्रकारको भूमिका महत्त्वपूर्ण रहेकोले पत्रकारहरू दु:ख सुखको सारथी बन्ने, एक आपसमा सम्बन्ध कायम गर्ने भएकाले पीडितलाई राहतको सहकार्यका सधै पत्रकार रहिरहने बताए ।
पत्रकार महासंघ कैलालीका उपाध्यक्ष दुर्गा देवकोटले विदेशमा रहेका नेपालीले पठाएको राहतले राहत मात्र नभई नेपालीबिचको आत्मियता रहेकोले सहयोग महत्त्वपूर्ण रहने बताए । आप्रवासी कामदार हकहित संरक्षण केन्द्र कैलालीका सल्लाहकार धनबहादुर बुढामगरले राहात जुटाएकोमा प्रवासी सुदूरपश्चिमेलीलाई धन्यवाद दिए । उनले विदेशमा नेपालीलाई जति दु:ख भए पनि नेपाल र नेपाली प्रतिका माया प्रगाढ हुने भएकाले नेपालीको दु:खमा नेपालीले अग्रसर भई विगत देखि अहिले सम्म सहयोग गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार