बाम गठबन्धनद्वारा प्रचारप्रसार तीब्र



टीकापुर । बाम गठबन्धनले कैलालीको क्षेत्र नम्बर १ मा निर्वाचन प्रचारप्रसार तीब्र बनाएका छन् । प्रदेश ख का बाम गठबन्धनका उम्मेदवार नेपबहादुर चौधरीले आइतबार विजयनगरको घरदैलो कार्यक्रम गरे ।
कैलाली १ मा कात्तिक २४ गतेदेखि घरदैलो कार्यक्रम सुरु गरेका बाम गठबन्धनले पछिल्ला दिनमा संयुक्त प्रचारप्रसार अभियानलाई तीब्रता दिएका छन् ।
सो अवसरमा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हरि ज्ञवाली, एमाले केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य गरिमा शाह, प्रदेश सभा सदस्य ख का उम्मेदवार लालवीर चौधरी, माओवादी केन्द्रका समानुपातिक उम्मेदवार रूपा चौधरी र दानबहादुर विक लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
संयुक्त निर्वाचन परिचालन समितिका संयोजक भैरव रावलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन मातृका तिमिल्सेनाले गरेका थिए ।
वाम गठबन्धनको प्रदेश ख को घरदैलो शनिबार विजयनगरबाट सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्