नेविसंघद्वारा निर्वाचन अभियान



धनगढी । आसन्न प्रतिनिधि र प्रदेश सभाको निर्वाचन केन्द्रीत नेपाल विद्यार्थी संघले ‘निर्वाचन केन्द्रीत अभियान’ सञ्चालन गरेको छ ।
नेविसंघ ७ नम्बर प्रदेश कार्य समिति बैठकले प्रदेश संयोजक पुष्पकुमार शाहीको संयोजकत्वमा ११ हजार एक सय ११ सदस्यीय प्रदेश स्तरिय प्रचारप्रसार परिचालन समिति गठन गरेको बिहिबार जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।
यस प्रदेश अन्र्तगत कञ्चनपुर जिल्लाबाहेक आठवटै जिल्ला अध्यक्षको संयोजकत्वमा आवश्यकताअनुसार सदस्य संख्या राखी कम्तीमा पाँच सय एक सदस्य हुनै पर्ने गरि जिल्ला प्रचारप्रसार तथा निर्वाचन परिचालन समिति तत्काल गठन गरि चुनाव प्रचार प्रसारको कामलाई तिव्रता दिने निर्णय गरेको छ ।
७ नम्बर प्रदेशका संयोजक शाहीद्वारा हस्ताक्षरित विज्ञप्तीमा प्रतिनिधी/प्रदेश सभा निर्वाचन क्षेत्र अन्र्तगतका स्थानीय तहको वडा तहसम्म निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्