६ कार्तिक २०८१, मंगलवार

मुख्य निर्वाचन अधिकृत र प्रजिअद्वारा मतदान केन्द्रको स्थलगत अवलोकन



धनगढी । आसन्न निर्वाचनका लागि निर्वाचनस्थलमा शान्ति व्यवस्थापनको अवस्था बुझ्न जिल्ला कार्यक्रम व्यवस्थापन समितिले निर्वाचन स्थलको अवलोकन गरेको छ । जिल्ला कार्यक्रम व्यवस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, क्षेत्रीय निर्वाचन अधिकारी मोहनप्रसाद अर्याल, जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक जनकराज पाण्डे, सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक श्याम कोइराला, नेपाली सेनाका प्रतिनिधिले आज जिल्लाका विभिन्न मतदान केन्द्रको स्थलगत अवलोकन गरी अवस्था बुझेका हुन । उनीहरूले विहीबार क्षेत्र नम्बर २ का लम्कीचुहा नगरपालिकाका जनजागृति मावि चौरी, बालसेवा मावि चागावाणी, सरस्वतिमावि प्रतापपुर लगायतका मतदान केन्द्रको अवलोकन गरेका हुन । सुरक्षा अधिकारीसंगै जिल्लाका मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद अर्याल, प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतहरू पनि थिए ।
मतदान केन्द्रमा भवनको उपलब्धता, कोठा, पानी बिजुली जस्ता अत्यावश्यकताको अवस्था बुझ्न स्थलगत अवलोकन गर्नु परेको प्रमुख जिल्ला अधिकारी रिजालले बताउनु भयो । उहाले केही दिन अघिदेखि अवलोकन भैरहेको र संभव भएसम्म जिल्लाका सबै मतदान केन्द्रमा पुग्ने बताउनु भयो । कैलाली जिल्लामा दुई सय ३१ मतदान केन्द्र र पाच सय ३८ मतदान स्थल तोकिएका छन् ।

कात्तिक २४ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार