६ कार्तिक २०८१, मंगलवार

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन : हातहतियार बुझाउन प्रशासनको आह्वान



धनगढी । मंसिर २१ गते हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य दोस्रो चरणको निर्वाचनलाई भयरहीत वातावरण सम्पन्न गर्न स्थानीय प्रशासनले निजी हातहतियार बुझाउन आह्वान गरेको छ ।
बुधबार कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समन्वय समितिको बैठकले कानुन बमोजिम अनुमति प्राप्त गरेका व्यक्तिका नाममा रहेको हातहतियार निर्वाचन अवधिभर जिल्ला प्रशासन कार्यालय वा नजिकको प्रहरी कार्यालयमा अनिवार्य रूपमा बुझाउन अनुरोध गरेको छ ।
कैलालीमा एक नाले बन्दुक, बाह्रबोर, सर्टगन, सामान्य घरायसी बन्दुक, पिस्तोल लगायतका हातहतियार रहेको जनाइएको छ ।
स्थानीय तहको निर्वाचनको समयमा कैलालीमा अनुमतिप्राप्त चार सय ७९ थान हातहतियार रहेको पाइएकोमा अहिले सो संख्या बढेर पाँच सय नाघेको कैलालीका प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए ।
सुरक्षा समन्वय समितिले आसन्न स्थानीय तहको निर्वाचनका समयमा पनि हातहतियार बुझाउन आग्रह गर्दा कैलालीमा चार जनाले मात्र व्यक्तिलाई स्थानीय प्रशासनले मतदानको अघिल्लो दिनसम्म पाइक पर्ने प्रहरी कार्यालयमा बुझाउन अनुरोध गरेको उनले बताए । प्रजिअ रिजालले तोकिएको समयसीमाभित्र हातहतियार नबुझाइएमा र निर्वाचनलाई अप्ठ्यारो पार्ने काम गरिएमा कानुन बमोजिम कारबाही गरिने छ ।
प्रजिअ रिजालले सुरक्षाकर्मी र कानुनबमोजिम लिन पाउने हातहतियार बाहेक अरू कोही कसैले कुनै पनि प्रकारको विष्फोटक पदार्थ वा रासायनिक वा विषालु पदार्थ वा लाठी, भाला, खुकुरी, बन्दुक, हसियाँ, पिस्तोल वा त्यस्तै प्रकारका अन्य हातहतियार लिएर हिड्न, प्रदर्शन गर्न, प्रयोग गर्न वा गराउन पूर्णतया निषेध गरिनुका साथै निर्वाचन अवधिभर मदिरा तथा मदिराजन्य पदार्थको उत्पादन तथा विक्री वितरण कार्यमा पनि पूर्ण बन्देज लगाइएको बताए ।

कात्तिक २३ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार