१२ श्रावण २०८१, शनिबार

छ महिलाविरुद्ध सार्वजनिक मुद्दा



बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ का छ जना महिला विरुद्ध प्रहरीले सार्वजनिक मुद्दा दायर गरी कारबाही अघि बढाएको छ ।
वडाध्यक्ष कर्ण सुनार र प्रहरी निरीक्षकलाई अश्लील गाली गरेको भन्दै प्रहरीले छ जना महिला विरुद्ध सार्वजनिक मुद्दामा पक्राउ गरी जिल्ला चलान गरेको जनाएको छ ।
ईलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक कर्णसिंह कार्कीले स्थानीय डिला राना, शित्तल विक, सुशीला विक, करिस्मा बुढा र यमुना पुनमगर विरुद्ध सार्वजनीक मुद्दा दर्ता गरी जिल्ला प्रहरी कार्यालय कैलाली चलान गरिएको बताए ।
सोमबार टीकापुरका छाडा पशुचौपाया टीकापुरका नगरपालिकाको निर्देशनमा बाजुरा पठाउन लग्दै गर्दा बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ बुटकौवाका महिलाहरूले अवरोध गरेका थिए ।
वडाध्यक्ष सुनारले टीकापुर नगरपालिकाको अनुरोधमा छाडा पशुचौपाया आफ्नो गाउँबाट लैजान अवरोध नगर्न भनेपछि महिलाहरूले वडा कार्यालयमा ढुंगामुढा गर्नुका साथै कर्मचारी माथि हातपात र अश्लील गाली गरेको आरोप लगाए ।

कात्तिक २३ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार