१२ श्रावण २०८१, शनिबार

जेटिकप क्रिकेट : तीन खेल सम्पन्न



बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा जारी जिल्लास्तरीय जेटीकप क्रिकेट प्रतियोगितामा बुधबार भएका खेलमा पानसदीप, लिटिल फ्लावर र संत निरकारी विजयी भएका छन् ।
बुधबार भएको पहिलो खेलमा पानसदीपले न्यूस्टार सुखडलाई ६२ रनले पराजीत गर्‍यो ।
टस हारेर पहिले ब्याटिङ गरेको पानसदीपले १५ ओभरमा ८ विकेट गुमाउँदै एक सय एक रन बनायो ।
जवाफमा न्यूस्टार सुखडले आठौं ओभरमा सवै विकेट गुमाउँदै ३९ रन मात्र जोड्न सक्यो ।
पानसदीपका गौरभ विसीले ३ विकेट र मौसम विसीले २ विकेट लिए । उत्कृष्ट बलिङ र व्याटिङ गरेका गौरभ विसी म्यान अफ द म्याच भए ।
दोस्रो खेलमा लिटील फलावर ३५ रनले विजयी भएको छ । टस जितेर पहिले ब्याटिङ गरेको लिटिल फ्लावर धनगढीले १५ ओभर खेल्दै ७ विकेटको क्षतिमा १ सय १७ रन जोडन सफल भएको थियो ।
एक सय १८ रनको विजयी लक्ष्य लिएर ब्याटिङ गर्न आएको बसन्तमुरारीले १५ ओभरमा ९ विकेटमा ८२ रन मात्र जोड्यो ।
लिटिलका कमल ताम्राकार म्यान अफ द म्याच भए ।
तेस्रो खेलमा संत निरकारीले आर्दश नमुना लम्कीलाई ७३ रनले हरायो । टस जितेर पहिले ब्याटिङ गरेको संत निरकारीले १५ ओभरमा ६ विकेटको क्षतिमा एक सय ११ रन बनायो ।
संत निरकारीका कप्तान कौशल कठायतले ३९ रन र विवेक ओडले २६ रन बनाए ।
एक सय १२ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रेको आर्दश नमुना नवौं ओभर सवै विकेट गुमाउँदै ३५ रनमा समेटियो ।
विवेक ओड म्यान अफ द म्याच भए ।

कात्तिक २३ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार