५ कार्तिक २०८१, सोमबार

काँग्रेसद्वारा प्रचारप्रसार कार्यालय उद्घाटन



धनगढी । चुनावी प्रसारप्रसार कार्यलाई व्यवस्थित तथा व्यापक बनाउने क्रममा नेपाली काँग्रेसले वडावडामा चुनावी सम्पर्क कार्यालय विस्तार गरिरहेको छ ।
यस क्रममा मंगलबार कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ को धनगढी उपमहानगरपालिका वडा नंम्बर ८ मा चुनावी सम्पर्क कार्यालय उद्घाटन गरेको छ ।
नेपाली काँग्रेसका तर्फबाट क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार डाक्टर आरजु राणा देउवाले एक समारोहबीच चुनाव सम्पर्क कार्यालयको उद्घाटन गरिन् ।
सो अवसरमा नेतृ राणा देउवाले आफू सधैं यस क्षेत्रको समृद्धिमा कटिवद्ध रहने प्रतिवद्धता व्यक्त गरिन् ।
कार्यक्रममा प्रदेश सभा सदस्यका उम्मेदवारद्वय डिल्लीराज पन्त र जीवन रानाले पनि मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम काँग्रेसका क्षेत्रीय सभापति हरिश खड्काको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार