१२ श्रावण २०८१, शनिबार

आसन्न आम निर्वाचन : काँग्रेस नेतृ राणा प्रचारप्रसारमा व्यस्त



धनगढी । कैलाली क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभा सदस्यका लागि कांग्रेसका तर्फबाट उम्मेदवार डाक्टर आरजु राणा देउवाले चुनावी प्रचारप्रसार कार्यक्रमलाई तीब्र बनाएकी छन् ।
प्रदेश नम्बर ७ को सबैभन्दा महत्त्वपूर्ण मानिएको कैलाली क्षेत्र नम्बर ५ मा नेतृ राणा देउवा उम्मेदवार बनेपछि राष्ट्रिय रूपमा नै निकै चर्चामा रहेको छ ।
कांग्रेस नेतृ डाक्टर राणा देउवाले सोमबार धनगढी उपमहानगरपालिकाको धुर्जन्ना, सी गाउँ, देवरिया, घुइयाघाट लगायतका ठाउँमा चुनावी सभालाई सम्बोधन गरेकी छन् ।
सो अवसरमा उनले अहिलेको चुनाव स्वतन्त्रता पक्षधर र स्वतन्त्रता विरोधीबीचको छनौटका रूपमा रहेको चर्चा गरिन् । ‘नेपाली जना स्वतन्त्रता र शान्तिका पक्षधर भएकाले लोकतान्त्रिक शक्तिको जीत निश्चित छ’ उनले भनिन् ।
उनले आफू कैलालीवा प्रदेश नम्बर ७ का लागि नयाँ व्यक्ति नभएको बताइन् । ‘मेरो माइतीले मलाई यही क्षेत्रका तपाईका छोरा, भतिजा, दाजु शेरबहादुर देउवालाई कन्यादान गरे पठाएपछि म कहाँ जाने ?’ नेतृ राणा देउवाले अठोट व्यक्त गरिन्– ‘म आफना् जीवन यहीका जनाको सेवामा विताउने प्रण गर्दछु ।’
उनले आफूले यस क्षेत्रको विकासका लागि समाजिक क्षेत्रबाट पनि धेरै काम गरेको र गरिरहने बताइन् । भनिन्– ‘यहाँको प्रजनन् स्वास्थ्यको अवस्था सुधारका लागि मैले काम गरिरहेको छु ।’
उनले आफ्नो मुख्य चुनावी मुद्दा आर्थिक समृद्धि र विकास भएको बताइन् । ‘यो क्षेत्रको विकासका लागि म उम्मेदवार वनेकी हुँ’ डा देउवाले भनिन् ‘प्रदेश नम्बर ७ को विकास र समृद्धिका लागि मैले गर्न सक्ने हरेक क्षेत्रमा म नेतृत्वदायी भूमिका निर्वाह गर्न चाहन्छु । यो त मेरो निर्वाचन क्षेत्र नै भयो ।’
नेतृ राणा देउवाले गौरीफण्टा भन्सार नाकाको स्तरोन्नती, व्यवस्थित शहरीकरण, मुक्त कमैंया, सुकम्वासी र हलियाको व्यवस्थापन, गेटा बिमानस्थलको आधुनिकीकरण लगायतका प्रमुख समस्या समाधानका लागि उनले आवश्यक पहल सुरु गर्ने उनले बताइन् ।

४ नम्बरमा प्रचारप्रसार समिति गठन
यसैबीच कैलाली क्षेत्र नम्बर ४ मा एक हजार एक सदस्यीय निर्वाचन प्रचारप्रसार समिति गठन गरिएको जनाइएको छ ।
नेपाली काँग्रेस क्षेत्र नम्बर ४ का सभापति दिनेशराज जोशीले निर्वाचन प्रचारप्रसार अभियानलाई व्यापक र प्रभावकारी बनाउन विभिन्न अन्य समिति पनि गठन गरिएको बताए ।
उनले क्षेत्रका सबै गाउँवस्ती, टोल, परिवारसम्म पुग्ने गरी निर्वाचन प्रचारप्रसार रणनीति बनाउने तयारी भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार