तीन किलो चरेशसहित तीन जना पक्राउ



धनगढी । प्रहरीले कैलाली गोदवरी नगरपालिका वडा नम्बर १ मा शुक्रबार तीन किलो चरेशसहित तीन जनालाई पक्राउ गरेको छ ।
प्रहरीको लागूऔषध नियन्त्रण ब्युरो महेन्द्रनगर र ईलाका प्रहरी कार्यालय मालोखेतीबाट खटिएको प्रहरी टोलीले सोही ठाउँका वर्ष २२ का सुरेश राम विकलाई तीन किलो दुई सय ग्राम चरेश सहित पक्राउ गरेको जनाएको छ ।
लागूऔषध चरेशको कारोबारमा संलग्न कैलाली गोदावरी नगरपालिका वडा नम्बर १ का गणेश भटराई र यज्ञबहादुर सिंहलाई पनि पक्राउ गरी थप अनुसन्धानको लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्