६ कार्तिक २०८१, मंगलवार

रैका स्मृित दिवस : अनाथ तथा विपन्न विद्यार्थीलाई खाद्य सामग्री वितरण



धनगढी । दलित आन्दोलनका अगुवा चन्द्रबहादुर रैकाको १२ औं स्मृति दिवसमा बुधबार अनाथ तथा विपन्न विद्यार्थीलाई खाद्य सामग्री वितरण गरिएको छ ।
चन्द्र पशुपति रैका स्मृति प्रतिष्ठानले धनगढीमा रहेको आमाको माया छात्रावासका विद्यार्थीहरूका लागि खाद्य सामग्री प्रदान गरेको जनाइएको छ ।
धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले एक संक्षिप्त कार्यक्रममा छात्रावासका अनाथ तथा विपन्न विद्यार्थीलाई खाद्य सामग्री हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा पूर्व सभासद् हरि श्रीपाईली, माओवादी केन्द्रका नेता तिलकबहादुर सिह, संघीय समाजवादी फोरम नेपालका केन्दीय उपमहासचिव दानबहादुर विक, बसन्त बागचन्द, काँग्रेस नेता मनिराम देवल, दलित साहित्य सोपानका अध्यक्ष गणेश नेपाली, धनगढी उपमहानगरपालिकाका वडा सदस्य रत्ना विष्ट, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ कैलालीका अध्यक्ष चक्र विक लगायतले स्वर्गीय रैकाप्रति श्रद्धान्जली अर्पण गरेका थिए ।
कार्यक्रम प्रतिष्ठानका उपाध्यक्ष छत्रबहादुर टेलरको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार