१२ श्रावण २०८१, शनिबार

कार्यकर्ता भेटघाट व्यस्त आरजु



धनगढी । नेपाली काँग्रेसबाट कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्य प्रत्यक्षतर्फका उम्मेदवार बनेकी नेतृ डाक्टर आरजु राणा देउवा चुनावी प्रचारप्रसारमा जुटेकी छिन् ।
मंगलबार धनगढी आइपुगेकी काँग्रेस नेतृ डाक्टर राणा देउवाले कार्यकर्ता भेटघाटका क्रममा क्षेत्र नम्बर ५ को अवस्थाबारे जानकारी लिएकी थिइन् ।
उनले कैलाली क्षेत्र नम्बर ५ मा नदी कटान, मुक्त कमैयाहरूको दिगो बसोबास, व्यवस्थित शहरीकरण, तीब आर्थिक समृद्धि, धनगढी विमानस्थलको स्तरोन्नती, गौरीफन्टा नाकालाई अन्तर्राष्ट्रिय व्यापारिक नाकाका रूपमा विकास लगायतका मुद्दालाई आफूले गम्भीरतापूर्वक मनन् गरेको चर्चा गरिन् ।
कैलालीको क्षेत्र नम्बर ५ (तत्कालीन क्षेत्र नम्बर ६) मा दोस्रो संविधान सभा सदस्य निर्वाचनमा काँग्रेस सभापति शेरबहादुर देउवा फराकिलो मतान्तरले विजयी भएका थिए । सो निर्वाचनमा सभापति देउवा डडेल्धुराबाट पनि विजयी भएकाले कैलालीको क्षेत्र नम्बर ६ छोडेका थिए । त्यसपछि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसकै पुष्करनाथ ओझा विजयी भएका थिए ।
कैलाली क्षेत्र नम्बर ५ बाट एमालेले नारदमुनी रानालाई उम्मेदवार बनाएको छ ।

कात्तिक १५ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार