६ कार्तिक २०८१, मंगलवार

एमालेका दुई जना निवर्तमान सांसद काँग्रेसमा



काठमाडौं । नेकपा (एमाले)का दुई र माओवादी केन्द्रका एक गरी तीन जना निवर्तमान सांसदसहितका नेता कार्यकर्ता मंगलबार नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
एमालेबाट कैलाली क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फका निर्वाचित सांसद मोहनसिंह राठौर तथा समानुपातिक तर्फका सांसद रवनी चौधरीलाई मंगलबार काठमाडौंमा एक कार्यक्रमबीच काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासहितका शीर्ष नेताहरूले स्वागत गरे ।
स्वागत कार्यक्रममा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डाक्टर सशांक कोइराला, नेताहरू दिलेन्द्रप्रसाद वडु, रमेश लेखक, एनपी सावद, किशोरसिंह राठौर लगायतको उपस्थिति रहेको थियो ।
यसैगरी, सर्लाही क्षेत्र नम्बर १ का निर्वतमान सांसद शम्भुलाल श्रेष्ठ पनि नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । माओवादीका निवर्तमान सांसद श्रेष्ठले २०७० सालको संविधान सभा निर्वाचनमा सर्लाही क्षेत्र नम्बर १ बाट एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई पराजित गरेका थिए ।
उनीसंगै थुप्रै माओवादी नेताकार्यकर्ता पनि काँग्रेसमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार