१२ श्रावण २०८१, शनिबार

स्कुटर दुर्घटनामा एकको मृत्यु



लम्की । कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ३, धोबिनी खोलामा स्कुटर दुर्घटना हुँदा आइतबार एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।
नम्बर नखुलेको स्कुटर पूर्वपश्चिम राजमार्गको धोविनी खोलामा अनियन्त्रित भई पल्टिँदा लम्कीचुहा नगरपालिका वडा नम्बर ५ का २५ वर्षीय नवल बुढाको मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
स्कुटरमा सवार चक्र बुढा घाइते भएका छन् । उनको टाउको र हातखट्टामा गम्भीर चोट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार