१८ पुष २०८१, बिहीबार

धादिङ बस दुर्घटना १४ काे मृत्यु, १५ जना घाइते



धादिङ । शनिबार बिहान करिव साढे ५ बजे त्रिशुली नदीमा खसेको बसबाट १४ जनाको शव निकालिएको छ । बिहानैदेखि प्रहरी सहित उद्दारका लागि खटिएका गोताखोरले ५ महिला, २ नाबालक र ७ पुरुषको शव निकालेको हो । बसमा कति यात्रु चढेका थिए भन्ने यकिन नहुँदा त्रिशुली नदी कति बेपत्ता छन् भन्ने थाहा हुन सकेको छैन ।
राजविराजबाट काठमाडौं जाँदै गरेको ना६ख १४६७ नम्बरको सन्देश ट्राभल्सको बस त्रिशुलीमा खसेको थियो । प्रहरीका अनुसार राजविराजबाट १७ जना यात्रु लिएर गुडेको बसले हेटौंडामा आएर पल्टी गरेको थियो । हेटौंडाबाट छतमा समेत यात्रु खचाखच लिएर काठमाडौं हिँडेको घाइते यात्रु बताउँछन् ।
उनीहरुका अनुसार छल र बस भसत्र गरेर ५० जना भन्दा बढी यात्रु सवार थिए ।
घाइते मध्ये ४४ वर्षीय दुर्गानन्द चौधरी र उनका १७ वर्षीय छोरा अभिषेक चौधरीको मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।
अहिले बस तान्नको लागि क्रेन ल्याइएको छ । क्रेनले बस तानेर बाहिर निकाल्ने प्रयास भइरहेको छ।
राजविरावजबाट काठमाडौं आउँदै गरेको बस धादिङको घाटबेसी बांगे मोडबाट त्रिशुली नदीमा खसेको छ ।
शनिबार बिहान करिव साढे ५ बजे ना६ख १४६७ नम्बरको सन्देस ट्राभल्स त्रिशुली नदीमा खसेको प्रहरीले जनाएको छ । बस मोडबाट खसेपछि उछ्ट्टिएर १५ यात्रु नदी किनारमा परेका छन् । उनीहरु घाइते छन् । किनारमा रहेका यात्रुका अनुसार बसमा करिव ५० जना यात्रु थिए ।
५० जना मध्ये १ जनाको लास फेला परेको छ भने ३४ जना बस भित्रै रहेका अनुमान गरिएको छ । प्रहरीले बसभित्र रहेको सबैको मृत्यु भएको हुनसक्ने अनुमान गरेको छ । प्रहरीले उद्दार कार्य जारी राखेको भएपनि बस नदी भित्रै रहेकोले जिउँदो भेट्टाउन मुस्किल रहेको बताएको छ ।
घटनास्थलमा अहिले उद्दार गर्नको लागि कुरिनटाबाट गोताखोर समेत आएकसकेका छन् । उद्दारमा खटिएका धादिङ प्रहरी प्रमुखमा एसपी ध्रुवराज राउतले घाइतेमध्ये २ जनालाई काठमाडौं लगिएको बताए । उनका अनुसार बाँकी १३ जनालाई गजुरी अस्पतालमा उपचारको लागि पठाइएको छ । उनले भने, ‘बसमा कति यात्रु थिए भन्ने यकिन भएन । घाइतेहरुलाई सोध्दा करिव ५० जना रहेको बताए ।’
गजुरी अस्पतालमा उपचार गरिरहेका यात्रुका अनुसार बसको छतमा समेत यात्रु खचाखच थिए ।

(इकान्तिपुर)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार