१९ पुष २०८१, शुक्रबार

परम्परागत घट्ट लोप हुँदै



धनगढी । सुदूरपश्चिमका पहाडी जिल्लामा रहेका पानी घट्टहरू लोप हुन थालेका छन् । पहाडी क्षेत्रमा स्थानीय खोलाको पानीबाट चल्ने घट्टमा गहुँ, कोदो, चामल, मकै र फापर लगायतका अन्नहरू पिसानी गर्ने गर्थे । तर, अहिले आधुनिक विद्युतीय मिलको सञ्चालन बढ्दै गएपछि यस क्षेत्रका पानी घट्ट लोप हुन थालेका दार्चुला, डडेल्धुरा गन्यापधुरा गाउँपालिका वडा नम्बर ५ मोईका गंगाराम ताम्राकारले बताए ।
सुदूरका पहाडी जिल्लाहरू डडेल्धुरा, दार्चुला, बैतडी, बझाङ, डोटी, अछाम र बाजुरा लगायतका जिल्लाका विभिन्न ठाउँमा हजारौं संख्यामा रहेका पानी घट्टहरू अहिले प्रयोगबिहीन अवस्थामा रहेका छन् ।
हाल प्रयोगविहिन रहेका पानी घट्टलाई सुधार गरेर आधुनिक घट्ट बनाउने ग्रामीण प्रविधि नामक गैरसरकारी संस्थाले जनाएको छ ।
अहिले पुराना घट्टमा पिसानी गर्नेहरू कोही पनि नआउने भएकाले घट्ट बन्द गर्नु परेको नवदुर्गा गाउँपालिका वडा नम्बर ५ समशेर बिष्टले बताए ।

कात्तिक १० गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार