६ कार्तिक २०८१, मंगलवार

थारूभाषामा संविधान



धनगढी । नेपालको संविधानलाई अध्ययन गर्न भाषागत कठिनाई नहोस भनेर थारूभाषामा समेत उल्था गरिएको छ ।
मध्यपश्चिम तथा सुदूरपश्चिमका तराई क्षेत्रमा वसोवास गर्ने थारू समुदायका लागि बुझ्न सजिलो होस भनेर बर्दियाका एकराज चौधरीले नेपालको सविधान–२०७२ लाई थारूभाषामा अनुवाद गरी किताव प्रकाशन गरेका छन् ।
थारूभाषमा अनुवाद भएको संविधानबारे जानकारी दिन शुक्रबार आयोजित एक कार्यक्रममा घोडाघोडी नगरपालिका नगर प्रमुख ममताप्रसाद चौधरीले सबै थारू समुदाय नेपाली भाषा राम्रोसँग बुझ्न नसक्ने भएकाले नेपालको संविधान २०७२ थारूभाषामा अनुवाद गरिएको बताए ।
कार्यक्रममा घोडाघोडी आदिवासी जनजाति महासंघका प्रतिनिधि सुशीला चौधरीले थारूभाषामा संविधान अनुवाद गरिएकोमा धन्यवाद व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार