१२ श्रावण २०८१, शनिबार

छठमा उल्लासपूर्वक सहभागिता



धनगढी । तराईबासीले निकै श्रद्धापूर्वक मनाइने छठ पर्वका शिलशिलामा बिहीबार अस्ताउँदो सूर्यलाई अघ्र्य दिइएको छ । शुुक्रबार उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि यो पर्वको विधिवत समापन हुन्छ ।
धनगढीमा छठ पर्वका शिलशिलामा छठी ब्रतालुले साँझ विधिवत रूपमा मोहना नदी किनारामा अस्ताउँदो सूर्यलाई अघ्र्य दिए ।
छठ पूजाको मुख्य दिन षष्ठी अर्थात् साँझघाटको दिन व्रतालुहरू निर्जल व्रत बस्ने र दिउँसो पवित्र कपडा पहिरेर पोखरी, नदी, तलाउ किनारमा अस्ताउँदो सूर्यलाई ठेकुवा, भुसुवा, केरा, फलफूल, पान, सुपारी, उखु आदिले पुजा गर्दछन् ।
आज (शुक्रबार) सप्तमीमा उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठ पूजाको समापन गरिन्छ । यो दिनलाई परना भनिन्छ ।
चोखो, सफा र तीन दिन लामो निरहार व्रत बस्नु पर्ने छठमा सरसफाईको महत्त्व भने अति नै छ । छठ पर्वको सुरुसँगै कैलाली सहित तराईका जिल्लामा पोखरी, नदी, तलाउहरू सरसफाइ गर्ने र सिगार्ने काम भएका छन् ।
कैलालीको मोहनाघाट दुलहीझै सजाइएको थियो । आज (शुक्रबार) उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि यो पर्व समापन हुने छ ।
यस्तै, गृह मन्त्रालयले छठको अवसरमा आज (शुक्रबार) पनि सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले बिहीबार एक विज्ञप्ति निकाल्दै शुक्रबार देशभर सार्वजनिक बिदा दिने जनाएको हो ।
छठको अवसरमा सरकारले बिहीबार पनि सार्वजनिक दिएको थियो ।

कात्तिक १० गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार