११ श्रावण २०८१, शुक्रबार

छठका लागि तयारी पुरा



धनगढी । तराईवासीले मनाउने छठ पूजाको तयारी पुरा भएको छ । छठमा पूजा गर्न आउने भक्तालुका लागि मोहना घाटमा टेण्ट निर्माण, बिजुली बत्ति र रातिका लागि जाग्रमस्थल निर्माण कार्य पुरा भएको समितिका अध्यक्ष सन्तोष मण्डलले बताए । मोहना घाटमा हरेक वर्ष पूजा गर्ने भक्तालुको संख्या बढ्ने क्रम रहेको उनले बताए ।
त्यस्तै, धनगढी बजारका मुख्य स्थानमा स्वागत गेट निर्माण गरिएको अध्यक्ष मण्डलले बताए । मोहना घाटबाट पाँच हजारभन्दा बढी श्रद्धालुले सूर्यलाई जल चढाउने उनले बताए । छठको तयारीका लागि चार लाख रुपैयाँभन्दा बढी खर्च हुने अनुमान गरेको उनले बताए ।
अस्ताउदो सूर्य र उदाउँदो सूर्यलाई जल चढाउनुका साथै छठी मैयाको पूजाआराधना छठ पर्वको मुख्य विषेशता रहेको धनगढी वडा नम्बर १ का विनोदकुमार शाहले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार