१० श्रावण २०८१, बिहीबार

अन्तरविद्यालय नृत्य प्रतियोगिता हुँदै



बौनिया । कैलालीकोको बर्दगोरिया गाउँपालिकामा अन्तरविद्यालय जिल्लास्तरीय नृत्य प्रतियोगिता २०७४ हुने भएको छ ।
नवबालबाटिका विद्यामन्दिर विद्यालयको आयोजनामा कात्तिक १७ गतेदेखि १९ गतेसम्म ‘सांस्कृतिक, पहिचान व्यक्तित्व विकास एव स्वास्थ्यका लागि नृत्य’ भन्ने नाराका साथ नृत्य प्रतियोगिता हुने भएको हो ।
प्रतियोगितामा कैलालीका ५० विद्याललयका तीन सय बढी विद्यार्थी सहभागी हुने मंगलबार बर्दगोरियामा पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।
विद्यालयका प्रिन्सिपल प्रमोद मल्लले स्थानीय कलासंस्कृतिलाई जगेर्ना गर्दै विद्यार्थीहरूमा अन्तरनिहित प्रतिभालाई उजागर गर्ने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गर्न लागेको बताए ।
प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, द्वितीयलाई २५ हजार, तृतीयलाई १५ हजार र चौथो स्थान प्राप्त गर्नेलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने बताए ।
प्रतियोगितामा सहभागी हुने विद्यालयले पाँच हजार रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ ।

कात्तिक ०८ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार