१० श्रावण २०८१, बिहीबार

प्रदेश नम्बर ७ मा शैक्षिक सेमिनार हुँदै



धनगढी । प्रदेश नम्बर ७ मा आगामी कात्तिकमा शैक्षिक सेमिनार हुने भएको छ । धनगढीमा रहेको एक्सपर्ट एजुकेशन भिसा सर्भिसले कात्तिक ९ गते शैक्षिक सेमिनारको आयोजना गर्न लागेको जनाएको छ ।

एजुकेशन भिसा सर्भिसले मंगलबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा कम्पनीका म्यानेजिङ डाईरेक्टर शैलेन्द्र सिंहले अध्ययन वा रोजगारीका लागि अट्रेलिया जान चाहनेहरूलाई सोसम्बन्धी जानकारी दिन सेमिनारको आयोजना गरिएको बताए ।
उनले सेमिनारमा चार सयभन्दा बढी विद्यार्थीको सहभागिता हुने लक्ष्य राखिएको बताए । सेमिनारमा सुनिल श्रेष्ठ र जेसियर जोयरेनीले अट्रेलिया जादा अपनाउनुपर्ने भिसा प्रक्रियाबारे प्रस्तुति गर्ने उनले बताए ।
सन् २००३ मा स्थापना भएको एक्सपर्ट एजुकेसन भिसा सर्भिसले हालसम्ममा १५ हजार भन्दा बढीलाई अट्रेलिया पठाईसकेको छ भने नेपालमा १२ वटा शाखा स्थापना गरि सेवा प्रदान गर्दै आईरहेको छ ।

कात्तिक ०८ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार