११ श्रावण २०८१, शुक्रबार

क्रिकेट संघका जिल्ला अध्यक्षमा पुन: कठायत



धनगढी । कैलाली जिल्ला क्रिकेट संघको जिल्ला अध्यक्षमा रतनबहादुर कठायत पुन: चयन भएका छन् । सोमबार कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८, जोनापुरमा भएको चौथौ जिल्ला अधिवेशनबाट कठायतको अध्यक्षतामा १५ जनाको कार्यसमिति चयन भएको जनाइएको छ ।
संघको उपाध्यक्षमा बाबुराम श्रेष्ठ, सचिवमा विक्रम विष्ट र कोषाध्यक्षमा हेमराज जोशी चयन भएका छन् ।
त्यस्तै, सदस्यमा भोजराज रेग्मी, संजयकुमार पन्त, शम्भु लामिछाने, लोकबहादुर खडका (रवि), महेशबहादुर बोहरा, दीपेन्द्र कलेल, सचिन गुरुङ, किशन महत, देवनारायण झा, गणेश रजक र हरि रेग्मी चयन भएका छन् ।
यसअघि अधिवेशनको सुदूरपश्चिम खेलकुद विकास समितिका क्षेत्रीय प्रमुख प्रेम मल्लले उद्घाटन गरेका थिए ।
संघको सदस्य हरि रेग्मीले स्वागत गरेको कार्यक्रमको सञ्चालन गणेश नेपालीले गरेका थिए ।

कात्तिक ०७ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार