११ श्रावण २०८१, शुक्रबार

दुई महिनादेखि त्रिपालमा बास



टीकापुर । गत वर्षायाम बाढीका कारण घरबार बिहीन भएका परिवार अझैं पनि त्रिपालमुनी बसोबास गरिरहेका छन् ।
साउनको अन्तिम साता आएको बाढीका कारण टीकापुरमा करिब दुई हजार परिवार प्रभावित भएका थिए भने कैयौं परिवार विस्थापित भएका थिए ।
बाढीबाट विस्थापित भएका टीकापुर नगरपालिका वडा नम्बर ६ भर्तापुरका रामकुमारी चौधरीले भनिन्– ‘बाढीले घर भत्कायो । अहिले गोठमा बसिरहेका छौं ।’ उनको चार जनाको परिवार दुई महिनादेखि गोठमा बास बसिरहेका छन् ।
भर्तापुरकै धनकली विकले एउटा गैरसरकारी संस्थाले दिएको त्रिपाल टाँगेर गुजारा गरिरहेका छन् । ‘अझैं कहिलेसम्म त्रिपालमा बास हुने हो थाह छैन’ उनले भने ।
त्यस्तै, भर्तापुरकै दुर्गादेवी बुढाको परिवार पनि भत्केको घरमा प्लाष्टिक र कपडाको पर्दा हालेर गुजारा गरिरहेका छन् । त्यस्तै, जोगिराम रावतले खर नपाएका कारण घर बनाउन नपाएको बताए ।
टीकापुर नगर प्रमुख तपेन्द्रबहादुर रावलले बाढीले क्षति भएकाहरूको एक साताभित्र पूर्ण विवरण संकलन गरी राहत वितरण गरिने बताए ।

कात्तिक ०७ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार