१२ श्रावण २०८१, शनिबार

हतियार देखाएर लुटपाट



कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १, बारकुन्डास्थित एक घरमा मंगलबार राति अज्ञात समूहले हतियार देखाएर लुटपाट गरेको छ ।
राति १२ बजेको समयमा हतियार सहित आएको ४/५ जनाको समूहले भीमदत्त नगरपालिका वडा नम्बर १ बारकुन्डास्थित लालमणि कुँवरको घरमा लुटपाट गरेको हो ।
८४ वर्षिय बृद्व कुँवरको घरमा उनको बुहारी र नातिनातिनीहरूल मात्रै भएको मौका पारेर लुटपाट भएको जनाइएको छ ।
लुटेरा समूहले घरबाट आठ तोला सुनका गरगहना र चाँदी लुटेर लगेको पीडित परिवारले जाहेरीमा उल्लेख गरेको वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक टक्कर स्वाँरले बताए ।
उनका अनुसार लुटेराहरूको समूहले दराजमा राखेको डेढलाख नगद समेत लिएर गएका छन् । प्रहरीका अनुसार घरमा राखिएका पुराना भाडाबर्तन, मोबाइल लगायतका सामानहरू समेत लुटेराको समूहले लिएर गएको छ ।
घरको कोठामा बन्द गरेका कारण रातिनै कसैलाई खबर गर्न नसकिएको र बिहान छिमेकीहरूले ढोका खोलेपछि मात्रै पीडित परिवारले प्रहरीलाई जानकारी गराएका थिए ।

कात्तिक २ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार